
पुस १०, २०८० काडमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा.राजु अधिकारीलाई मनोनयन गरिएको छ । एनआरएनएको हालै सम्पन्न ९४ औं आइसीसी बैठकको निर्णय अनुसार डा.अधिकारीलाई नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा मनोनयन गरिएको संघले जनाएको छ ।