
पुस ११, २०८० काठमाडौं । मालिका गाउँपालिका-४ च्युरीबोटका एक वृद्धा र उहाँका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गर्नुभएको छ । च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गर्नुभएको हो । घनमायाले आफ्नो नामबाट रु एक लाख, दिवङ्गत श्रीमान् टेकबहादुर पुनको नाममा रु एक लाख र स्व छोरी चित्रा घर्तिको स्मृतिमा रु पचास हजार नगद हस्तान्तरण गर्नुभएको प्रअ ललितबहादुर घर्तिमगरले बत