
पुस ९, २०८० काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकामा सोमबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बससँग स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । कमल गाउँपालिका–४, ज्योतिचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो ।