
मंसिर २०, २०८० काठमाडौं । राष्ट्र बैंकले, नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सिमित हुने प्रक्षेपण गरेको छ । संघीय संसदको अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको जानकारी दिएका हुन् ।