Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

एनसेलको सेयर खरिद-बिक्रीबारे सरकारले छानबिन गर्ने, लेखा समितिको बैठक बस्दै

मंसिर २०, २०८० काठमाडौं एनसेलको सेयर खरिद-बिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले छानबिन गर्ने भएको छ । आगामी मन्त्रिपरिषद् बैठकबाट विज्ञहरू सम्मिलित समिति गठन गर्ने सरकारको तयारी छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको सत्तागठबन्धनका दलहरूको बैठकले एनसेलको सेयर बिक्री शंकास्पद देखिएको निष्कर्षसहित सूक्ष्म छानबिन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।