
मंसिर १३, २०८० काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिस अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, ‘आजको बैठकले राष्ट्रिय सभाको एक तिहाई सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि २०८० माघ एघार गते निर्वाचन गर्ने निणर्य गरेकोे छ ।’