Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

कोशी टप्पुमा आउन थाले विदेशी चरा

मंसिर १४, २०८० काठमाडौं । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने क्रम सुरु भएको छ । दुर्लभ चराहरुको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरु आउने गरेका छन् । चखेवा, जलहाँस, बिजुला गोइरी, श्वेत आँखी भुइँलगायत जातका चरा कोशीटप्पु क्षेत्रमा देखिएका छन् । यसैगरी ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा देखिन थालेको आरक्ष कार्यालयले जनाएको छ ।