
कात्तिक २४, २०८० काठमाडौं । गोरखाको लोक्पा गाउँका २२ घर सुख्खा पहिरो जोखिममा परेका छन् । गोरखाको विकट चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित लोक्पामा बुधवार देखि सुख्खा पहिरो जान थालेपछि जोखिम बढेको हो । लोक्पा गाउँ नजिकै गत बर्ष असोजमा परेको पानीले पहिरो गएको ठाउँमा फेरी सुख्खा पहिरो जान थाले पछि जमिन समेत चिरा परेर घरहरु जोखिममा परेको चुमनुब्री गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामाले जानकारी दिए । पहिरोले गोरखाको चुम उपत्यका जाने पर्यटन पदमार्गमा समेत क्षति पुगेकोले १ घण्टा टाढा अस्थायी