
कात्तिक २३, २०८० काठमाडौं । इटहरीकी पृथ्वीया थापाले मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि जितेकी छन् । काठमाडौंमा सम्पन्न विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा उनले उपाधि चुमिन् । उपाधिसँगै उनले आगामी जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा सहभागिताको मौका पाएकी छन् ।