Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग

कात्तिक २२, २०८० काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भुकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग गरेको छ । गत कार्तिक १७ गते शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा सो रकम जम्मा गरेको हो।