
कात्तिक २१, २०८० काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताउनुभएको छ । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध होमिएको युक्रेनमा निर्वाचन गर्ने सही समय नभएको उहाँको भनाइ थियो ।