
कात्तिक १८, २०८० काठमाडौं । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ६३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । कर्णाली प्रदेशका प्रहरी नायव उपरीक्षक (डिआइजी) भीमप्रसाद ढकालका अनुसार रुकुम पश्चिम र जाजरकोटमा गरी बिहान ६ बजेसम्ममा ६३ जनाको ज्यान गएको छ । ९७ जना घाइते भएको विवरण छ । घाइते र मृतकको संख्या प्राप्त विवरण भन्दा धेरै हुन सक्ने भन्दै उनले भने, ‘भूकम्पको केन्द्रविन्दु जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । हालसम्म ९७ जना घाइते भएको र उनीहरुको प