Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

पाँच हजार विपन्न तथा श्रमिक परिवारलाई ‘सुधारिएको चुलो’ वितरण

असोज १८, २०८० काठमाडौं । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले झापालगायत कोशी र मधेस प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको विकल्पको रुपमा ‘सुधारिएको चुलोे’ वितरण गरेको छ । इपिसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलो वितरण गरिसकेको बताउनुभयो ।