
असोज ११, २०८० काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल २०२३-०२५ का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर.के) शर्माले कर्मभूमि कतारबाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारासहित शर्माले आफ्नो २४ महिने कार्यकालमा २४ काम गर्ने बाचा गर्नु भएको छ ।