अल्ट्रा म्याराथनको उपाधि जुम्लाका धीरबहादुर र राममायालाई

भाद्र ३०,२०७६

-

भदौ ३०, २०७६ काठमाडौं ।
अन्तराष्ट्रियस्तरको ४९ किलोमिटर जुम्ला रारा अल्ट्राम्याराथनको उपाधि जुम्लाका धीरबहादुर बुढा र राममाया बुढाले जितेका छन् । आइतबार बिहान ७ बजे जुम्ला चन्दननाथ भैरवनाथ मन्दिर अगाडिबाट सुरु भएको म्याराथनमा पुरुष तर्फ धीरबहादुर बुढा र महिलातर्फ राममाया बुढाले उपाधि हात पारेका हुन् । यो म्याराथन देशका पाँच ठूला प्रतियोगीतामध्ये एउटा हो।
 
प्रतियोगीतामा पुरुषतर्फ धीरबहादुर बुढाले पाँच घण्टा १३ मिनेट ३९ सेकेण्ड र महिलातर्फ राममाया बुढाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्ड लगाएर ४९ किलोमिटर दुरी पार गरेपछि उपाधि हात पार्न सफल भए ।
 
उनीहरु दुबैजना कर्णाली स्पोर्ट क्लब जुम्लामा धावक हरिबहादुर रोकायासँग प्रशिक्षण लिँदै आएका खेलाडी हुन् । उनीहरु दुबैजनालाई सोमबार रारातालमा  एक औपचारिक कार्यक्रमबीच उपाधीस्वरुप नगद ७५÷७५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र दिएर सम्मान गरिएको छ ।