१३ औं सागका लागि नेपाली फुटबल टोलीको घोषणा

कार्तिक २५,२०७६

-

कार्तिक २५,२०७६ काठमाडौं ।
मंसिरमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगिता सुरु हुन २० दिन बाँकी रहँदा नेपालले ३ सिनियर खेलाडी समावेश गर्दै यू-२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो । 
 
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई समावेश गर्दै २० सदस्यीय टोली घोषणा गरेका हुन् । 
 
घोषित टोलीको गोलकिपरमा विकेशसँगै अर्पण कार्की र दिप कार्की छन् । डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ र क्षिरिङ गुरुङ छन् ।
 
मिडफिल्डमा सुजल श्रेष्ठसँगै सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाम्बे र तेज तामाङ छन् । 
 
फर्वाडमा विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिब सुब्बा र अन्जन बिष्ट छन् । 
 
अधिकांश यिनै खेलाडी समावेश नेपाली टोलीले २०१६ मा भारतको गुवाहटीमा सम्पन्न १२ औं सागमा स्वर्ण जितेको थियो ।