आईपिएलः चेन्नाईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौं ।
साविक विजेता चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
 
बुधबार भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नाईले दोस्रो जित निकालेको हो । 
 
२०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
 
गुजरातका लागि साई सुदर्शनकक ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो । 
 
यस्तै रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । 
 
चेन्नाईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र म पाथीरानाले समान १–१ विकेट लिए ।
 
त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो ।
 
चेन्नाईका लागि शिभम दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले । 
 
रचिन रवीन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेले । यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन नै बनाए ।
 
गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए ।