आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी-२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । 
 
टस जितेर पहिले बलिङ गरेको नेपालले २२३ रनको विशल लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याउनेक्रममा नेपालले २०१ रन मात्र बनाउन सक्यो ।
 
नेपालका लोकेश बमले शतक प्रहार गरि नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनलाई आरिफ शेखले साथ दिदै ४९ रन बनाए । तर अन्य ब्याटरहरुले साथ नदिदाँ नेपालले खेल गुमायो ।  
 
एक समय अविश्वसनीय जितनजिक पुगेको नेपाल ‘ए’ का मध्यक्रमका ब्याटरले फिनिसिङ इनिङ खेल्न नसक्दा टोली हारको सामना गर्न पुगेको देखिन्छ।
 
सेट ब्याटर लोकेश बम र आरिफ शेखको प्रस्थानपछि अन्य ब्याटरले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । कमजोर फिनिसिङकै कारण नेपाल हार बेहोर्न पुग्यो । लोकेश आउट हुँदा नेपाललाई २४ बलमा ३४ रन चाहिएको थियो । त्यसपछि नेपालले २२ बलको अन्तरमा १२ रन जोड्दै ७ विकेट गुमायो ।
 
ओपनर लोकेशले ५६ बलमा ९ चौका र ८ छक्कासहित १ सय ६ रन जोडे । उनी १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका थिए । त्यसको केहिबेरमै आरिफ पनि आउट हुँदा नेपाल बलियो स्थितिमा थियो ।
 
आरिफ र लोकेशले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ १८ औं ओभरमा अर्धशतक नजिक पुगेर आउट भए । उनले २६ बलमा १ चौका र ५ छक्का प्रहार गरेका थिए ।
 
ओपनर विनोद भण्डारी १४ बलमा १६ रन जोड्दै छैटौं ओभरमा आउट भएका थिए । त्यसपछि देव खनाल पहिलो बलमै क्याच आउट भए । अर्जुन घर्तीले ५ बलमा ३ रन मात्र बनाए ।