जेठ ३०, २०८ १ काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा उनले महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचारका कारण राष्ट्रपतिको बद्नाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको बताएका हुन् ।