चैत ७, २०७९ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिन राष्ट्रपति भवन शीतलनिवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।