Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

रामचन्द्र पौडेलले किन पहिलो राष्ट्रपतिको उमेदवारी अस्वीकार गरेका थिए ?

फागुन २५, २०७९ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन् । प्रथम राष्ट्रपतिको उमेदवारी अस्वीकार गरेका पौडेल चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेको आकांक्षा थियो – पार्टी र देशको कार्यकारी भएर भूमिका निर्वाह गर्ने । त्यसकै लागि उनले प्रथम राष्ट्रपतिको प्रस्ताव त्यागेका थिए । हुन त प्रथम राष्ट्रपति निर्वाचित हुने समय कांग्रेस उमेदवार निर्वचित हुने स्पष्ट आधार थिएन ।