Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

माओवादीलाई सीपी मैनालीको प्रश्न-राष्ट्रिय जनक्रान्ति गर्ने बाटो कुन हो?

पुस ११, २०७८ काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय जनक्रान्ति गर्ने नेपाली मौलिक बाटो कुन हो भनेर नेकपा माओवादी केन्द्रलाई प्रश्न गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै मैनालीले पटक पटक व्यवस्था बदलियौं तर अवस्था बदलिन सकेन भनेर जनताले भन्ने गरेको प्रसंग उल्लेख गरे । उनले भने, ‘इतिहासले विगतका हाम्रा आन्दोलनलाई जनताको अधिकार प्राप्तिको नाममा हुने गरेको प्रयोगशालामा मात्र सीमित गरिदिने त होइन?’