पुस १९, २०७८ काठमाडौं । अपुरो केन्द्रीय समिति घोषणा गर्दै आठौं राष्ट्रिय महाधिवेशन अन्त्य गरेको नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयनको तयारी गरेको छ । आज अपराह्न तीन बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । तर अपुरो केन्द्रीय समितिलाई नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा साँघुरो भएको छ । त्यसैले सानेपा हाइटस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी कार्यालय पेरिसडाँडामा नअट्ने भएकाले