Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

काठमाडौँ-तराई-मधेस द्रुतमार्गमा पर्ने सुरुङ खण्ड निर्माणका लागि चिनियाँ कम्पनी छनोट

पुस १३, २०७७ काठमाडौं । काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिए । सूचीकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण कम्पनीमध्येका हुन् । द्रुततमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ ।