पुस ८,२०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको बुझिएको छ । ओलीले देउवासँग केही दिन अघि भएको भेटमा सम्भावित कदमबारे कुराकानी भएको बुझिएको छ । सो अनुसार आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश भएको अनुमान लगाइएको हो । विश्वस्त स्रोतका अनुसार भेटमा मध्यावधिमा जाने भए भित्री रुपमा समर्थन गर्ने देउवाको जवाफ थियो । ओलीको कदमप्रति अहिले देउवा खासै कडा रुपमा प्रस्तुत भएका छैनन् ।