Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

काठमाडौँ महानगर क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने

पुष २, २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो । महानगरपालिका शिक्षा विभागले वुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो ।