कात्तिक २,२०७७ काठमाडौं । करिब समाधान भइसकेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद फेरि बल्झिएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न सहमति गर्दै कार्यान्वयनको चरणमै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि पुनः विवाद बल्झिएको हो । कर्णालीको विवाद समाधान नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे पनि विवाद झन् बढेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार प