Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

गैरकानूनी सम्पत्तिआर्जनः नेपाल टेलिकमका विकल र सुनिल पौडेललाई २१ दिन थुनामा राख्न अनुमति

चैत १८, २०८० काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।