पुस १३, २०८० काठमाडौं । रामेछाप लिखु तामाकोशी गाउँपालिका–२ सैपु मैदानेका बालबालिका विद्यालय जानआउन दैनिक पाँच घण्टा जङ्गलको यात्रा गर्न बाध्य छन् । नजिकै विद्यालय नहुँदा सो गाउँका बालबालिकाले विद्यालय जान जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएका छन् ।