पुस १४, २०८० काठमाडौं । इलामको सूर्याेदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने नियम लागू गरेको छ । यस्तै, १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम पनि बनाइएको छ । कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै यस्तो व्यवस्था गरिएको प्रवक्ता ख्यामबहादुर भुजेलले बताए ।