Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

सुशासनका पक्षमा पत्रकारले कलम चलाउनुपर्छ: उपसभामुख रानामगर

पुस ९, २०८० काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ झापाको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।