पुस ८, २०८० काठमाडौं । देशभरका सबै उच्च अदालतहरूका मुद्दा पेसीमा स्वचालित प्रणाली सुरु भएको छ । आज बिहान उच्च अदालत पाटनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको उद्घाटन गरेसँगै देशभरका उच्च अदालतहरुमा स्वचालित पेसी प्रणाली सुरु गरेका हुन् । उक्त प्रणालीको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले, अब न्यायिक काम कारबाही तथा प्रशासनिक काम कारबाहीमा सरलता आउने विश्वास व्यक्त गरे ।