Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको मन्त्री शर्माको दाबी

पुस ६, २०८० काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, स्वस्थ प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्द्धन गर्ने बताएकी छन् । नेपाल विज्ञापन सङ्घ (आन)को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पारदर्शी विज्ञापन बजारले विज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित गर्ने बताइन् ।