Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

अन्नबाली छोडेर फलफूल खेतीमा किसान

पुस ५, २०८० काठमाडौं । ओखलढुंगा सिद्धिचरण नगरपालिका (सिनपा) ३ बाँसबोटेका अष्टबहादुर राई बहालवाला शिक्षक हुन् । उमेरले ५० नाघेका राई विद्यालयको समय सकिने बित्तिकै सुन्तलाबारीमा भेटिन्छन् । खेतबारीमा अन्नबाली लगाउन नसकेपछि उनले छ वर्षअघि दुईसयबोट सुन्तला रोपेका थिए । गतवर्षदेखि आम्दानी दिन थालेपछि उनले बिरुवाको संख्या बढाएका छन् । अहिले सात सय बोट रोपिसके ।