पुस ४, २०८० काठमाडौं । अध्यागमन विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफू मातहतको एयरपोर्ट अध्यागमन कार्यालयको निरीक्षण गरेको छ । यात्रुका धेरै गुनासो आएपछि बुधबार विभागको टोलीले निरीक्षण गरेको हो । विमानस्थलमा यात्रुहरुले भोग्नु परेका समस्या र समाधानका लागि गर्नुपर्ने कामका विषयमा अनुगमन निरीक्षण गरिएको अध्यागमन विभागका प्रमुख कार्यकारी निर्देशक रुद्रसिंह तामाङले बताए ।