Trending :
 
मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

‘मिस नेपाल वर्ल्ड २०१९’ को ताज अनुष्का श्रेष्ठले जितिन

यो वर्षको मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जित्न सफल भएकी छिन् । बिहीबार भएको फाइनल चरणमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का मिस नेपालको उपाधि जितेकी हुन् । ‘अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन् । अनुष्कालाई ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।