पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानमा हुने सार्क सम्मेलनमा निम्ता गर्ने भएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसलले सञ्चारमाध्यमलमई उक्त जानकारी दिएका हुन् । सन् २०१६ मा इस्लामाबादमा हुने सार्क सम्मेलन हालसम्म हुन सकेको छैन । उरी आक्रमणलाई देखाउँदै भारतले सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो ।