केवल न्यूज नेटवर्क (सिएनएन) ले ह्वाइट हाउसको तर्फबाट आफ्नो वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता रद्द गरेको विषयमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता गरेको छ । जिम एकोस्टा ह्वाइट हाउसमा सिएनएनका मुख्य संवाददाता थिए । गत हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग बहस पछि उनको ‘प्रेस हार्ड पास’ फिर्ता लिइएको थियो ।