भारतले छिमेकी मुलुकहरुसँगका विद्युत सम्झौताहरुलाई सहज हुने गरी विद्युत व्यापार निर्देशिका संशोधन गरेको छ । भारतको केन्द्रीय ऊर्जा मन्त्रालयले १८ डिसेम्बर २०१८मा विद्युत निर्देशिका संशोधन गरेको हो । भारतले विद्युत निर्देशिका संशोधन गरेसँगै नेपालको विद्युत् क्षेत्रमा भारतबाहेक तेस्रो मुलुकको लगानीलाई प्रवर्द्धन गर्न सहज अवस्था सृजना भएको विश्वास गरिएको छ । विद्युत संशोधनमा दुइई मुलुकबीच भएको द्विपक्षीय सम्झौतामार्फत बिजुली खरिद गर्नुपर्ने अवस्थामा विद्युत् आयातका लागि भारत सरकारले कुनै संस्था