अर्थतन्त्रमा एकपछि अर्को संकट खेप्नुपरेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई पदमुक्त गरेको छ । अर्थतन्त्र खस्किदै गएको र मुद्र पनि कमजोर हुँदै गएको आरोपमा कार्बासिएनलाई आइतबार अभियोग लगाएको हो । कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा १३७ जना र विपक्षमा १२१ जनाले मतदान गरेका थिए ।