साउन ४, २०८० काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । त्यसबेला उहाँ अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार हुनुहुन्थ्यो ।