Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

स्वास्थ्य विमाबारे ललितपुर महानगर र प्रतिष्ठानबिच सम्झौता

पुस २५, २०८० काठमाडौं । ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेबारे समझदारी पत्रमा सम्झौता भएको छ । वुधबार महानगरबासीलाई स्वास्थ्य बीमासहितको सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको हो । महानगरपालिकाले शुरु गरेको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउन उक्त सम्झौता गरेको हो ।