
मंसिर २५, २०८० काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो । तर पोखरा यस सिजन अपराजित रहँद शीर्ष चारमा रहेको छ ।