
मंसिर १६, २०८० काठमाडौं । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले पहिचानको मुद्दालाई वाता र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । शुक्रबार मुख्यमन्त्री केदार कार्कीसँगको भेटमा उनले यस्तो बताएका हुन् । प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुने विषयमा मुख्यमन्त्री र प्रदेश प्रमुख खापुङबीच छलफल भएको थियो ।