Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

श्री एयरलाइन्सद्वारा आजदेखि काठमाडौँ-सुर्खेत नियमित उडान सुरु

मंसिर १५, २०८० काठमाडौं । निजी हवाई सेवा कम्पनीले श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ–सुर्खेत नियमित उडान सुरु गरेको छ । एयरलाइन्सको क्यू ४००-८ जहाजले ७१ जना प्यासेन्जरसहित काठमाडौँबाट सुर्खेत पहिलो उडान भरेर नियमित उडानको सुरुवात गरेको हो । एयरलाइन्सको बिहान ७ः१५ उडान तालिका रहे पनि सुर्खेतको मौसमका कारण ढिला गरी १०ः२५ मा मात्र जहाज उडेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।