
असोज २६, २०८० काठमाडौं । निरन्तर सुक्खाका कारण केन्याका सुक्खा र अर्धसुक्खा क्षेत्रका करिब २८ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता रहेको केन्याको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहिबार जारी गरेको एक प्रतिवेदनमा जनाइएको छ । एनडीएमएले सुक्खा प्रभावित मानिस विभिन्न २३ वटा काउन्टीमा रहेको उल्लेख गरेको छ ।