
असोज २६, २०८० काठमाडौं । चारपानेमा आजबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिता झापा ११ एफसीले विजयी सुरुवात गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा ११ ले बाहुनडाँगी एफसीलाई ३-१ गोल अन्तरले हराएको हो ।