
असोज २१, २०८० काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले आम उपभोक्तालाई ध्यानमा राखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित चाडपर्व लक्षित सुपथ मूल्य पसल २०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आम उपभोक्क्तालाई ध्यानमा राखि अति आवश्यक खाद्य बस्तुहरुको सहज आपुर्तिका लागि सुपथ मुल्य पसल संचालनमा ल्याएको बताएका हुन् ।