Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

बाँझिएको जग्गामा टिमुर खेती

असोज २२, २०८० काठमाडौं । बागलुङको सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन् । काठेखोला गाउँपालिका–२ भीमापोखराको उच्च भागमा रहेको डोहेरी गाउँमा केही वर्षअघिसम्म खचाखच घर थिए ।