असार १४, २०८१ काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्मार्फत सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् ।